दफा
सदस्यको पदावधि
(१) परिषद्मा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ । एक पदावधि समाप्त भएका सदस्यहरु यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही पुन मनोनीत
हुन सक्ने छन्।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यसरी रिक्त हुन आएको पद दफा ५ को उपदफा (१) बमोजिमको प्रक्रियाद्वारा बाँकी अवधिको लागि पूर्ति गरिनेछ ।